काठमाडौं । काठमाडौं टोखा नगरपालिका–८ मिलनटोलमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । बुधबार साँझ बा.६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं तार्केश्वर बस्ने ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।