काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशमा आफ्ना फरक मत वा असहमति भए पनि संसद्मा त्यसलाई व्यक्त नगर्न निर्देशन दिएको छ ।
शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकले अध्यादेशमा विमति राख्न रोक लगाएको छ ।
संसदीय दलको बैठकमा पनि यसबारे थप छलफल हुने र संसद्मा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरले बताए । ‘भोलि र पर्सि संसदीय दलमा सांसदहरूका बीचमा पनि सघनरूपमा छलफल गरेर नेपाली कांग्रेस एउटै आवाज, एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदा एकढिक्का भएर प्रस्तुत हुने भन्ने निर्णय भएको छ ।’
बैठकमा सभापति शेरबहादुर देउवाले केही कुरा भए अहिले नै भन्न तर संसद् र बाहिर गएर फरक मत नराख्न निर्देशन दिएका घिमिरेले जानकारी दिए ।