काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालै सार्वजनिक भएको ३२ लाख रुपैयाँ घुससम्बन्धी अडियो प्रकरणका बावजुद राजीनामा नदिने बताएका छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले भने, “पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ।”
उनमाथि व्यक्तिको नाममा जग्गा दर्ता गर्ने क्रममा ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको अडियो क्लिप सार्वजनिक भएको थियो। यसअघि पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने काममा संलग्न व्यक्तिहरूसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए।
मन्त्री अधिकारीले आफू माथि लागेको आरोपहरूबारे प्रष्ट पार्न तयार रहेको बताए र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए।