काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा फेसबुकमार्फत सरकारमाथि आक्रोश पोखेका छन् । उनले सफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाउन नसकेको भन्दै आक्रोश पोखका हुन् । यस्तो अवस्था आउनुमा सरकारको दम्भ जिम्मेवार रहेको बालेनको भनाइ छ ।
‘काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छै , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन् ।
उनले अगाडि लेखेका छन्, ‘त्योपछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’