काठमाडौं । शिक्षकको आन्दोलनमा भएको झडपमा परेर एक पत्रकार घाइते भएकी छन् । घाइते हुनेमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की छिन् ।जिल्ला परिसर काठमाडौंका अनुसार, प्रहरीले भिड तितरबितर पार्न पानीको फोहोरा प्रहार गर्दा सविनालाई लागेको हो ।
प्रहरीका अनुसार, सुरुमा सविनालाई बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो । त्यहाँका चिकित्सकले ट्रमा सेन्टर रिफर गरेका थिए । तर, आँखामा गम्भीर चोट देखिएपछि तिलगंगा अस्पताल लगिएको छ । कार्की आइतबार रिपोर्टिङका क्रममा बानेश्वर पुगेकी थिइन् ।