काठमाडौं । युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ । अनलाइन सञ्चार माध्यमको परिभाषामा युटुब समेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ ।
सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ । मंगलबार प्रतिनिधि सभाबाट पारित केही नेपाल ऐन संशोधन विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा संशोधन गरेर अनलाइन सञ्चार माध्यमको परिभाषालाई समेटेको छ ।