काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ए११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट एआई क्षमता, शक्तिशाली पर्फमेन्स र प्रिमियम मेटल फिनिशको आकर्षक संयोजन रहेको छ।
अपग्रेड गरिएको डिस्प्ले, क्वाड स्पिकर, मजबुत मल्टिटास्किङ र दीर्घकालीन सफ्टवेयर अपडेट समर्थनले ट्याब ए११ प्लस लाई एक सुलभ मूल्यमा उन्नत अनुभव प्रदान गर्न सक्षम बनाउँछ।
नयाँ ट्याब ए११ प्लस मा सिल्भर र ग्रे कलर विकल्पसहितको स्लीक मेटल डिजाइन छ। ११-इन्चको इमर्सिभ डिस्प्लेले मनोरञ्जन, अनलाइन अध्ययन र उत्पादकतामा स्मूथ स्क्रोलिंग तथा उत्कृष्ट भिजुअल अनुभव दिन्छ। डलबी अटमससहितका क्वाड स्पिकरहरूले चलचित्र, क्लास वा संगीत—जुनसुकै प्रयोगमा—समृद्ध र सन्तुलित ध्वनि प्रदान गर्छन्।
४ एनएम मिडिया टेक एमटी ८७७५ प्रोसेसरले यस ट्याबलेटलाई स्ट्रीमिङ, मल्टिटास्किङ र लर्निङ एप्सका लागि द्रुत र प्रतिक्रियाशील प्रदर्शन दिन सहयोग गर्छ। अनुकूलित चिपसेटले द्रुत एप-स्विचिङ, स्मूथ एनिमेशन र दिनभर सन्तुलित पावर उपयोग सुनिश्चित गर्छ।
ग्यालेक्सी ट्याब ए११ प्लस ले मुख्य एआई सुविधाहरू गुगल जेमिनी, सर्कल टु सर्च विथ गुगल, रियल-टाइम टेक्स्ट अनुवाद, सोल्भ म्याथ अन सामसङ नोट्सलगायत छन्।
यी फिचरहरूले ट्याब ए११ प्लस लाई विद्यार्थी, क्रिएटर र परिवारका लागि सिकाइ, सिर्जना र दैनन्दिन काममा भरपर्दो साथी बनाउने कम्पनीले जनाएको छ।
ए सिरिजमा ठूलो अपग्रेडका रूपमा, ट्याब ए११ प्लस ले सात जेनेरेशनसम्म वान यूआई अपग्रेड र सात वर्षका सुरक्षा अपडेट समर्थन गर्छ।
सामसङ नेपालका एमएक्स बिजनेस निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ट्याब ए११ प्लसमार्फत नेपालमा प्रिमियम उत्पादकता र एआई-आधारित शिक्षालाई अझ धेरै प्रयोगकर्तासम्म पुर्याउन चाहेको बताए।
उपभोक्तालाई अझ सहज पहुँच दिन सामसुङले नेपालको प्रमुख वित्तीय संस्थासँग सहकार्य गर्दै इन्स्टा फाइनान्स द्रुत, शून्य-व्याज ईएमआई सुविधा—प्रस्तुत गरेको कम्पनीको भनाइ छ। यसले देशभरका प्रयोगकर्तालाई ट्याब ए११ प्लस सजिलै र किफायती रूपमा अपग्रेड गर्न सहयोग गर्ने पनि कम्पनीले उल्लेख गरेको छ।
यो ट्याब ए११ प्लस अब देशभरका अधिकृत सामसुङ स्टोर र रिटेल पार्टनरहरूमा उपलब्ध छ। यसको फाइभजी भेरियन्ट (८जीबी/२५६ जीबी)को ४७ हजार ९९९ रुपैयाँ र वाइफाइ भेरियन्ट (६जीबी/१२८जीबी)को ३४ हजार ९९९ रुपैयाँ मूल्य रहेको छ।

