काठमाडौं । मिड-साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा राेयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रीट रोडस्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ ।
विश्वका प्रख्यात शहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइनसहितको बीएस भीआई नयाँ हन्टर ३५०, २०२५ संस्करण कम्पनीले सोमवार काठमाण्डाैमा प्रस्तुत गरेको हो ।
नयाँ हन्टर ३५० मा रियाे ह्वाइट, टाेकियाे ब्ल्याक, लन्डन रेड र ग्रेफाइट ग्रे गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध छन् । कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचानसम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् — रियाेका सेता तट, लन्डनका राताका ‘ब्रिक लेन’ र टाेकियाेका रातो–कालो शहरी सडकका ग्रेफाइट ग्रेले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने कम्पनीकाे दाबी छ ।
यस संस्करणमा स्लिप एसिस्ट क्लच जडान गरिएको छ जुन कम्पनीको ३५०–सीसी मोडेलमा पहिलो पटक प्रयोग भएको सुविधा हो । साथै परिमार्जित पछाडिको सस्पेन्सन बढेर १६० एमएम ग्राउन्ड क्लियरेन्स, सुधारिएको सिट, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्शनका रूपमा थप गरिएको छ ।
हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे–सिरिज इन्जिनले शहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने कम्पनीकाे दाबी छ । सन् २०२२ मा पहिलो पटक बजारमा आएको यो मोडेलले अहिलेसम्म विश्वभर ७ लाखभन्दा धेरै राइडर जोडिसकेको कम्पनीले जनाएको छ ।
राेयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरिया भन्छन्, ‘नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ । युवा पुस्ताको ऊर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौँ । यो नेपालका जीवन्त शहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल हो ।’
नयाँ हन्टर ३५० को नेपाली बजार मूल्य यस प्रकार रहेको छ–
• सिङ्गल टाेन : रियाे ह्वाइट, ड्यापर ग्रे र ग्रेफाइट ग्रे – रु ४,९४,९००
• डुअल टाेन : टाेकियाे ब्ल्याक, लन्डन रेड र रेबेल ब्लु – रु ४,९९,९००
कम्पनीले देशभरका आफ्ना शोरूममा बुकिङ र टेस्ट–राइड खुला रहेको जनाएको छ । थप जानकारीका लागि: corpcomm@royalenfield.com

