काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टापछि रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।
सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए। सो पत्र कुनै न्यायिक आदेशबिना जारी भएको पुष्टि भएको छ ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गर्दै उक्त पत्र (च.नं. १९२७७, मिति २०८२/०१/१७) कार्यान्वयन नगर्न र पत्र लेख्ने अधिकृतमाथि कानुनी कारबाही सुरु भएको जानकारी दिए । विष्टलाई सर्वोच्चको सुरक्षा इकाईले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।