काठमाडौं । नेप्से परिसूचक बुधबार ६१.२६ अंकले बढेर २६७२.७ को विन्दुमा कायम भएको छ। यस दिन २ सय २७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ। यसदिन ३ सय ८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
सबैभन्दा धेरै सानिमा माई हाइड्रोको ५९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख रुपैयाँ र राधि विद्युत कम्पनीको ४३ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ।