काठमाडौं । सरकारले साउदी अरेबियासँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले साउदी अरेबिया सरकारसँग श्रम सम्झौता गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारको निर्णयसँगै अब दुई देशबीच समझदारी पत्रमा हस्ताक्षरका लागि श्रम मन्त्रालयले प्रक्रिया अघि बढाउने छ । सरकारले प्रयास गरेपनि लामो समयदेखि साउदी अरेबियासँग श्रम सम्झौता हुन सकेको थिएन ।