काठमाडौं । ४७५ जना कर्मचारीको सरुवा गरिएको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो ।
सर्वोच्च अदालतले जिल्ला अदालत, उच्च अदालत, विशेष अदालत, ऋण असुली न्यायाधिकरण, वैदेशिक रोजगार न्यायाधिकरणलगायत विभिन्न अदालत तथा न्यायाधिकरणमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो ।

