काठमाडौं । प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ।
शुक्रबार बानेश्वरस्थित संसद् भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार कांग्रेसका नेताहरूसँग यसबारे भएको छलफलबारे पार्टी उपसभापति डा स्वर्णिम वाग्लेले ब्रिफिङ गरेका थिए ।
नेपालीहरू भिजिट भिसाको नाममा बेचिएको भन्दै यसबारे समग्र छानबिन समितिको पक्षमा विपक्षी दलको मत रहेको छ ।
यसैबीच प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित विपक्षीहरूले लगातार सदन अवरोध गर्दै आइरहेका छन्।