काठमाडौं । भोजपुरमा एकै परिवारका चार जनाको हत्या भएको छ । गएराति भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको हो ।
रामप्रसाद राई- २ को धौद्लेखानीस्थित ६२ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षीया श्रीमती मञ्जु गिरी, छोरी र छोराको हत्या भएको हो । प्रहरीका अनुसार ज्वाइँ राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर श्रीमती, सालो, सासू र ससुराको हत्या गरेका हुन् ।
उनीहरू चारै जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । आरोपित राजेन्द्र राई पनि घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।