काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माणाधीन स्काई वाकको सफल परीक्षण गरिएको छ । यो स्काई वाक ऐनापहराको आकर्षक भू–भागमा निर्माण गरिएको हो, जसले पर्यटकलाई नयाँ साहसिक अनुभव दिने विश्वास गरिएको छ।
परियोजनाका इञ्जिनियर तथा प्राविधिक टोलीको उपस्थितिमा परीक्षण गरिँदा संरचना सुरक्षित रहेको र हिँडाइ सहज भएको जनाइएको छ। स्काई वाकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने बाँकी रहेका केही सुरक्षा तथा प्राविधिक व्यवस्थापनको काम सम्पन्न भएपछि आगामी ८–१० दिनभित्र सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिने योजना छ।