काठमाडौं । गायक तथा आर्थिक पत्रकार विक्रम सुनारको नयाँ एकल गीत ‘भनेजस्तो होस्’ सार्वजनिक भएको छ। प्रसंग रोधी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा सुनारको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतमा शब्द, संगीत र एरेन्ज भुवन विकको रहेको छ भने मिक्सिङ कमल थापाले गरेका छन्। गीतको म्यूजिक भिडियोमा गोविन्द विवश, अजय आर्यन, सुवि मैनाली, भुवन विक र बादल थापाको अभिनय देख्न सकिन्छ।
विक्रम सुनार विगत केही वर्षदेखि निरन्तर संगीत साधनामा सक्रिय छन्। यसअघि उनले ‘निगाली झाँपो’, ‘प्रदेशीको पीडा’ जस्ता गीतहरू सार्वजनिक गरिसकेका छन्। सुनार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका सचिव तथा प्रेस चौतारी नेपालका एसोसिएट प्रदेश कोषाध्यक्ष समेत हुन्।
झन्डै एक दशकभन्दा बढी समयदेखि सञ्चार क्षेत्रमा सक्रिय सुनार हाल आर्थिक पत्रकारितामा क्रियाशील छन्। उनले बागलुङका स्थानीय रेडियो र टेलिभिजनहरूमा समेत काम गरिसकेका छन्।