काठमाडौं । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि विषयक संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउन निर्देशन दिएका छन्।
शुक्रबार बसेको प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार सभामुखले सबै दलका संसदीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र संघीय संसद सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि प्रतिवेदन पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएका छन्।