काठमाडौं । इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव सोमबार काठमाडौं ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई श्रद्धाञ्जली दिइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसहितका उच्च पदस्थ अधिकारीहरूले विमानस्थलमै जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
विपिनको शव आजै उनको कञ्चनपुरस्थित घरमा पुर्याइने तयारी गरिएको छ। त्यहीँ उनकाे अन्तिम संस्कार हुने बताइएको छ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशी हमासको अपहरणमा परेका थिए, र अपहरणकै क्रममा उनको हत्या भएको पुष्टि भएको छ। हमासले इजरायलको आक्रमणमा विपिनको मृत्यु भएको दाबी गरेको छ भने इजरायलले हमास लडाकुले हत्या गरेको जनाएको छ।