काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तय गरिएको मनाङ–२ प्रदेशसभा उपनिर्वाचन स्थगित गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचन स्थगन गर्ने निर्णय गरेको हो । उक्त क्षेत्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि पद रिक्त भएको थियो ।
हालको बाढीपहिरो र अन्य विपद् घटनाका कारण निर्वाचन तयारी र कार्यक्रमहरू प्रभावित भएकाले उपनिर्वाचन स्थगित गरिएको आयोगले जनाएको छ ।