कञ्चनपुर । कञ्चनपुरका युवा विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । कञ्चनपुरकाे भीमदत्त नगरपालिकास्थित घरबाट शवयात्रा गरी महाकाली नदीको भुजेला आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिअघि विपिनकाे सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो भने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका कञ्चनपुरका जोशीलाई ७ अक्टुबर २०२३ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो ।
हमासको कब्जामै रहेको अवस्थामा उनको मृत्यु भएको पुष्टि केही दिनअघि मात्रै भएको थियो । ७ अक्टुबरको उक्त आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए ।