काठमाडौं । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले यही कात्तिक ११ गते (मंगलबार)देखि लागू हुने गरी पदबाट लिखित राजीनामा दिएका हुन्। सचिव अर्यालले राजीनामा दिएको पत्र राष्ट्रपतिका कार्यालय पुगेको छ।
राष्ट्रपतिका कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,ʻसम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालज्यूले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२र०७र११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ।ʼ

