काठमाडौं । गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको नयाँ गीत ‘परेली’ सार्वजनिक भएको छ। आधुनिक पप शैलीमा तयार गरिएको यस गीतमा शिव परियारको स्वर र दीपक शर्माको सङ्गीत रहेको छ।
गीतमा प्रेमीले प्रेमिकाको प्रशंसा गर्ने शब्दहरूलाई समावेश गरिएको छ। भिडियोलाई डा. पोखरेलले स्वयं निर्देशन गरेका हुन् भने बद्री प्रसाद तिवारी र रिस्ता बस्नेतले अभिनय गरेका छन्। छायाङ्कन विमला तामाङले गरेकी छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा रचनाको चर्चा सुरु भएको छ।

