काठमाडौं । राजनीतिक दलका नेताहरुसँग तीव्र भेटवार्तापछि काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र)ले जनेजी प्रतिनिधिसँग भेट गरेका छन्।
कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा राजनीतिक भेटलाई तीव्र बनाएका बालेनले जेनजी प्रतिनिधिसँग सामूहिक छलफल गरेका हुन्।
भेटमा सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादवलगायत जेनजी अभियान्ताहरूको उपस्थिति थियो। बालेनले त्यही घरमा रास्वपा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि सभापति रवि लामिछानेसम्म भेट गरेका थिए।

