काठमाडौं । जसपा नेपालबाट अलग भएर जनता समाजवादी पार्टी (जसपा) गठन गरेका अशोक राईको पार्टी फेरि विभाजित भएको छ। पार्टीकी सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यसहित जसपा नेपालसँग पार्टी एकीकरण गर्ने सहमति भएको छ।
आज उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र रेणु यादव समूहबीच एकीकरणको सहमति भएपछि बहुमत केन्द्रीय सदस्यसहितको समूह पुनः जसपा नेपालमै फर्किएको हो।
तर, जसपा अध्यक्ष अशोक राई भने उक्त एकता प्रक्रियामा सहभागी भएका छैनन्। यसअघि हिजो मात्रै जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच पार्टी एकता गर्ने सहमति भइसकेको छ।


