त्यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ महाधिवेशनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले यसको जानकारी दिएका हुन्।
बिहीबार मधेस प्रदेशको बर्दिबास–३, गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले महाधिवेशन उद्घाटन गरेका थिए। उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया सुरु भएको थियो।
प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्य गरी ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत निर्वाचित भएका पदाधिकारी तथा शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम शनिबार समापन कार्यक्रममा घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनमा सातै प्रदेश, ७० जिल्ला तथा विदेशस्थित शाखासहित १०० वटा समितिबाट करिब एक हजार ५०० प्रतिनिधि सहभागी भएका छन्। नयाँ नेतृत्व घोषणा गर्दै शनिबार महाधिवेशन समापन हुने जनाइएको छ।

