महासंघले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक तथा पत्रकारमाथि भएका धरपकडका घटनाबारे सञ्चार क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गर्न लागेको हो।
महासंघले ‘मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र प्रेस स्वतन्त्रताको रक्षा’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा सञ्चार क्षेत्रका विभिन्न सरोकारवाला निकाय तथा प्रतिनिधिहरूबीच पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि देखिएका चुनौती, पत्रकारको सुरक्षा र सञ्चारमाध्यमको अधिकारका विषयमा छलफल हुने बताइएको छ।
विशेषगरी सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने तथा धरपकड गर्ने घटनाले प्रेस स्वतन्त्रता र पत्रकारिताको सुरक्षामाथि उठाएका प्रश्नका विषयमा कार्यक्रममा छलफल हुने अपेक्षा गरिएको छ।
महासंघका अनुसार अन्तरक्रिया कार्यक्रम कात्तिक १९ गते बिहीबार बिहान साढे ८ बजे ललितपुरको चाकुपाटस्थित इन्ट्रान्स क्याफेमा आयोजना हुनेछ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र सञ्चार क्षेत्रसँग सम्बन्धित कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने विषयलाई महासंघले छलफलको मुख्य एजेन्डा बनाएको छ।

