काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वमा भारतको राजकीय भ्रमणमा जाने ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नाम सार्वजनिक भएको छ। प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीका सदस्यहरूको नाम सार्वजनिक गरेको हो।
भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन्।
त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा तथा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत यान्की उक्याब पनि भ्रमण टोलीमा छन्।
टोलीमा विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा अन्य सरकारी अधिकारी, प्रधानमन्त्रीको सचिवालयका कर्मचारी, सुरक्षा अधिकारी र सञ्चारकर्मीसमेत सहभागी छन्।
सञ्चारकर्मीका तर्फबाट गोरखापत्रकी संवाददाता तारा हमाल धुंगाना, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोक कुमार बस्नेत भ्रमणमा सहभागी हुनेछन्।
प्रधानमन्त्री शाह नेतृत्वको टोली आज अपराह्न १ः४५ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको भारत भ्रमण टोलीका ३५ सदस्यको नामावली
1. प्रधानमन्त्री बालेन्द्र शाह
2. अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
3. परराष्ट्रमन्त्री शिशिर खनाल
4. प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार
5. प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह
6. प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र
7. मुख्यसचिव गोविन्दबहादुर कार्की
8. परराष्ट्र सचिव अमृतबहादुर राय
9. उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ
10. प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा
11. लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत यान्की उक्याब
12. परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे
13. प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार
14. परराष्ट्र मन्त्रालयका सहसचिव गहेन्द्रराज भण्डारी
15. परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार अधिकृत कुमारराज खरेल
16. परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकराज पौडेल क्षेत्री
17. अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल
18. सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुभाष ढकाल
19. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल
20. प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल
21. परराष्ट्र मन्त्रालयकी उपसचिव ललिता सिलवाल
22. परराष्ट्र मन्त्रालयका उपसचिव विजय राज तण्डुकार
23. परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल
24. परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत दीपकराज निरौला
25. परराष्ट्र मन्त्रालयका शाखा अधिकृत मनोज गैरे
26. प्रधानमन्त्रीका प्रमुख एडीसी लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट
27. प्रधानमन्त्रीका सुरक्षा अधिकारी मेजर सुशील बानियाँ
28. प्रधानमन्त्रीका सुरक्षा अधिकारी प्रहरी नायब उपरीक्षक दिपेश बस्याल
29. प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार) विनय शाक्य
30. गोरखापत्रकी संवाददाता तारा हमाल
31. राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता कमल कुमार बस्नेत
32. नेपाल टेलिभिजनका भिडियोग्राफर अशोक कुमार बस्नेत
33. परराष्ट्र मन्त्रालयका उपप्रमुख शिष्टाचार अधिकृत प्रेमराज गौतम
34. प्रधानमन्त्रीका एडीसी मेजर रोशन केसी
35. क्यान डीजी मुकेश डंगोल
नोट: नाम तथा पदनाम भ्रमण टोलीको सार्वजनिक सूचीअनुसार प्रस्तुत गरिएको हो।

