काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उप–महासचिवमा गायक तथा सर्जक हरि डाँगी निर्विरोध निर्वाचित भएका छन् । धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनमा डाँगी निर्विरोध निर्वाचित भएका हुन् । डाँगी निवर्तमान सचिव समेत हुन् । ब्लू ओशन रिक्रूटमेन्ट प्रा. लि.का सञ्चालक समेत रहेका डाँगीले आफुलाई निर्विरोध निर्वाचित गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।
यस्तै प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन् । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल पनि निर्विरोध निर्वाचित भए ।
निर्विरोध निर्वाचित हुनेहरुमा महासचिव शिव हमाल, उपमहासचिवमा डाँगीसँगै शिरिष देवकोटा निर्विरोध भएका छन् । अमृता अधिकारी कोषाध्यक्षमा र जमुना राना महिला सचिवमा निर्विरोध भएकी छन् ।