काठमाडौं । मधेश सरकारले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतासहितको नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
केही नयाँबाहेक अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । कृषि क्षेत्रमा एक वडा एक एग्रोभेट निर्माणको नीति लागू, उत्पादनमा वृद्धि ल्याउन अनुदानमा आधारित कृषि कार्यक्रम, पशुपंक्षी बीमा, सिँचाइमा जोड, चक्लाबन्दी खेती लगायतको नीति लिएको छ ।