काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतझैं थुप्रै आकर्षक नाराहरु उल्लेख छन् । तर उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन तथा नतिजाको विश्वसनीय आधार भने प्रस्ट छैन ।
‘व्यावसायिक कृषिका लागि शून्य ब्याजदरमा ऋण’ कार्यक्रमको घोषणा गरेको सरकारले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रदेश सरकार कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा समेटिएका छन् ।