काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले असार १ गतेदेखि महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने निर्णय गरेको थियो ।
महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गरिने पनि बताएका छन् । त्यसका लागि कार्यदल गठन गरिएको छ ।
उनका अनुसार यात्रुहरू बीचमा कहाँ कसरी चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने छ ।महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ ।