काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफमा माग्न आदेश गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरेर लिखित जवाफ माग गर्न आदेश भएको जानकारी दिए ।
शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी थिइन् । उक्त निवेदनमाथि मंगलबार न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।