काठमाडौं । गण्डकी प्रदेश सरकार ल्याएको आउँदाे आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएकाे छ । प्रदेशका अर्थमन्त्री मामिला मन्त्री जीतप्रकाश आलेले गएकाे असार १ गते प्रदेशसभामा पेस गर्नुभएकाे बजेट आज पारित भएको हो ।
गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटप्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका थिए भने प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले विरोध गरेका थिए ।
कुल बजेटमध्ये चालुगततर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ अर्थात् ३८ दशमलव १ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड चार लाख ६२ हजार रुपैयाँ अर्थात् ६० दशमलव ४ प्रतिशत ल्याइएको थियो ।