काठमाडौं । अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–१ घर भई हाल बनस्थली ढुंगेधारा बस्ने २८ वर्षीय सुजन अधिकारी रहेका छन् । अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
अधिकारीले नुमा केसीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाई दिने भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । अधिकारीले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो । पक्राउ परेका अधिकारीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको पनि प्रहरीले जनाएको छ ।