काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेले पाएका छन् । मंगलबार अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो ।
यसअघि भन्सार कार्यालयको प्रमुख रहेका अरुण पोखरेलको जिम्मेवारी खोसिएको हो । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले पोखरेललाई हटाएर भन्सार प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको हो ।
त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको प्रमुख रहेका पोखरेल सुन तस्करी हुँदा पनि बिदामा दिए । पोखरेल दुई महिनादेखि बिदामा छन् । ३ साउनमा राजस्व अनुसन्धान विभागले विमानस्थलको सुरक्षा जाँच पार भएको आएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।