शम्भु शाली पन्त
अहिलेको यो असोज महिना पानी परेको कती
यै बेला अतिवृष्टि भइ सब बढ्यो निर्मममता विकृति
बुढा बालक औ लुला र निमुखा पारी गयो दु्रगती
यो दशैं, दशैं नभै हुन गयो महा दशा भो क्षति
प्यारा सन्तती सब पलायन भए हातमुख जोर्नै भनी
खाडी मुलुक बहुत गर्मी, यता बाबा भए थर्थरी
कसले दिन्छ र अन्न बस्त्र सुबिधा आफै हसुरछन यता
सरकार हुन्थ्यो कहाँ यिनै हुन गए खुनखार मान्छु मता
डाडाँ काडा बन सब रुदै हेर्दछन् देश पीडा
छानामाथि अनि अतालिँदै रुदै नेताको हुन्छ क्रीडा
घण्टौ माग्दै सब सग गुहार माग्छ दैवी प्रकोपी
यता नेता अति उमङ्ग भै हास्दछन लाज छोपी
सारा युवा सब रुमलिदै बस्दछ्न खाडिमाहा
आमा रुन्छिन अति बियोग भै घरको त्यो कुनामा
देशको वैभव निमित्यान्न गर्नै खोज्छ सरकार पाजी
हे परदेशी युवा हो फर्क अब छिट्टै नास्न थापेर बाजि