काठमाडौं । लमजुुङको दोर्दी गाउँपालिकाले पशु सेवा तथा कृृषि विकासका लागि न्यूनतम शुल्क तोकेको छ । पालिकाले बुधबार एक सूचना जारी गर्दै किसानलाई सहुलियत रुपमा पालिका अन्तरगतको सेवा प्रवाहका लागि दोर्दीले न्यूनतम शूल्य तोकिएको जनाएको हो ।
गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले कार्यालय समयभित्र कर्मचारीबाट कार्य गरेबापत उक्त शुल्क तोकिएको बताए । उनका अनुसार आपतकालीन बाहेक अन्य कार्यमा कार्यालय समयमा नै पशु प्राविधिक बोलाउदा अन्य कुनै शुल्क नलाग्ने र कर्मचारीका लागि आउने जाने खर्च समेत प्रदान गर्नु नपर्ने गरी पालिकाले उक्त शुल्क तोकिएको हो ।
जसअनुसार बोका खसी पारेको २५ रुपैयाँ, गोरु सजेको वा पारेको १ सय रुपैयाँ, कुकुरको उपचार गरेको ५० रुपैयाँ, कृतिम गर्भाधानमा २५ रुपैयाँ, बाख्राको साधारण उपचारका लागि २ रुपैयाँ, गाई÷भैँसीको उपचारका लागि १० रुपैयाँ र कुखुराको उपचारका लागि १ रुपैयाँ र गोवर परीक्षणको २५ रुपैयाँ शुल्क निर्धारण गरिएको जनाईएको छ ।
पालिकाले किसानको सेवाका लागि न्यूनतम शुल्क निर्धारण गरिएको भन्दै तोकिएभन्दा बढी शुल्क लिएको पाइएमा पालिकामा खबर गर्न समेत स्थानीयलाई आग्रह गरेको छ ।