हावा चलेको बेला छेक्ने डाली,
आफ्नोपनको संसार छ जहाँ खाली।
न्यानो सिरकझैँ ममता भरिएको,
यस्तो छ परिवार, सपनामा हरिएको।
आमाको हात, बाबाको कुम,
दाजु-दिदीको सल्लाह, भाइबहिनीको हल्ला झुम।
जहाँ दु:ख बिर्सिन्छन्, सुखले लम्किन्छन्,
परिवार हो त्यो, जहाँ जीवन रमाउँछ।
साझामा भान्सा, मिष्ठान्नको स्वाद,
मुटु-मुटु जोड्ने त्यो असल संवाद।
रिस पनि मिठो, हाँसोमा हराउँछ,
परिवारको साथ, सारा पीडा भुलाउँछ।
सम्झौं सबैले यो नाता अमूल्य,
परिवार छ जहाँ, जिन्दगी सरल, अनुकूल।
आँचलको छेउमा सधैं खुसीको घर,
परिवारको माया हो जीवनको रहर।
✍️सुदिप वि.क
बेसिशहर ११ लमजुङ