काठमाडौं । पछिल्लो समय काठमाडौंमा रेस्टुरेन्टमा बसेर मिठा–मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ। संगीत पारखीहरुको लागी नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ।
काठमाडौंमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ । नयाँ बानेस्वर एभरेस्ट होटलसंगै पिसी कम्प्लेक्समा रहेको रेस्टुरेन्ट ‘पिङ्क पुतली’ मा गायिका अन्जु पन्त,गायक कमल खत्री,गायिका एलिना चौहान,गायिका रचना रिमाल,गायिका अस्मिता अधिकारी,गायक महेश काफ्ले,गायक राहुल रक्स,गायिका सृष्टि राउत, किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ।
डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रमहुने रेस्टुरेन्ट सञ्चालकले बताए । ‘पिङ्क पुतली’ मा खानाका विभिन्न परिकारसँगै सांगीतिक मजा लिनको लागि टेबल बुकिङ्ग समेत सुरु भई सकेको छ। बुकिङ्गको लागी सम्पर्क नम्बर ९८०३०७४६६६ रहेको छ ।