काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोडर्न रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरिदिएको हो ।
नमस्ते रेमिट नयाँ बानेश्वरमा रहेको थियो भने मोडर्न कमलपोखरी र भाटभटेनी कान्तिपथमा रहेको छ । यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम-१३ को उप-विनियम (५) बमोजिम खारेज गरिएको हो ।
यी कम्पनीहरुसंग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी भए ३५ दिनभित्र लिखितरुपमा दाबी पेश गर्न समेत आग्रह गरिएको छ ।

