प्रिय सचिन
सानै उमेरमा भाइरल भयौ,
सबैलाई हसायौ, रुवायौ।
कति मिठो थियो तिम्रो स्वर,
सबैलाई कर्णप्रिय ”के छ हजुर!”
अबोध थियौ, निर्दोष थियौ,
सारा मनहरूमा प्रिय थियौ।
तिमीले छोडेका ती क्षणहरू,
आज पनि जीवित छन् तिम्रा सपनाहरू।
सानो ज्यान, ठूलो प्रभाव,
तिम्रो नामले गर्यो सदा प्रभाव।
जिन्दगी त छोटो रह्यो,
तर तिमी मर्यौ र बाँच्यौ अनन्त रूपमा।
कमसेकम तिमीले आफैलाई चिनायौ,
सबैलाई हसायौ, सबैलाई रुवायौ।
सबैको मन मुटुमा बस्यौ तिमी,
जीवनको उज्यालो गुनगुनायौ।
सामाजिक संजालमा देश विदेश छाएउ,
सानै उमेरमा धेरै कमाएउ।
तर निर्दयी मृत्यु सँग तिम्रो केही लागेन,
तिमी अकालमा गएउ।
तिमी भाइरल भएर बाँच्यौ,
तिमी मरेर पनि भाइरल भयौ।
शायद अव,
तिम्रो मृत्युमा शङ्ख बज्ने छैन,
मन्दिरमा घण्टी बज्ने छैन।
तर लाग्छ, तिम्रा गीतका लयहरूमा
टिकटक बनिरहनेछन्।
तिमीले यो धर्तीमा छाडेको
हाँसोको छाप कहिल्यै मेटिने छैन।
स्वर्गमा पुगेर पनि तिमीले त्यहाँका देवी–देवताहरूलाइ
आफ्नै अद्वितीय शैलीमा मनोरञ्जन दिलाउनेछौ,
अनि आनन्दले भरिदिनेछौ।
तिम्रा शब्द र हाँसो हाम्रो हृदयमा अनन्त समयसम्म गुन्जिरहनेछ।
भावपूर्ण श्रद्धाञ्जली तिम्रो पवित्र आत्माका लागि।
हामी साँच्चै तिमीलाई मिस गर्दैछौं,
प्रिय सचिन।
अलविदा!
उत्तम बस्याल
लमजुङ