काठमाडौं । सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ।
सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। आज प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।