काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। संविधानमा आवस्यक संसोधनको सन्दर्भलाई मध्यनजर गर्दै सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरेको पार्टीको सचिवालयले जनाएको छ।
जसमा कान्तिशिखा धिताल, डा.नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा.तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन्।
सचिवालयका अनुसार यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसंग छलफल गरी दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने छ।
साथै, यो कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन्।