ऊ जल्यो
बीच सडकमा एककोहोरो जलिरह्यो
पहिला नदेखिने
पिडाको आगोले मन जलायो
पछि पटक–पटक
व्यवहार र बचनहरुले जलायो
हो
उसलाई आफ्नाहरुले जलायो
नेताहरुले जलायो
भ्रष्टा चारिहरुले जलायो
आफ्नै बा आमा दाजु भाइले जलायो
यो समाजले जलायो
यो देशले जलायो
आफ्नै असफलताले जलायो
उसको शरीरमा आगो दन्केको दुनियाँले देखे
उसको मनमा आगो दन्किएको कसैले देखेन्न
उसको शरिरको आगो निभाउनेहरुले
उसको मनको आगो निभाई दिएको भए
आज कसैको छोरो जल्ने थिएन
कसैको संसार ढल्ने थिएन ।
सामाजिक सञ्जालबाट