काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन र ठगीमा काठमाण्डु जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश ठाकुर प्रसाद खरेल इजलासले सोमबार जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जोशी धरौटी बुझाएर रिहा भएका छन् ।
जोशी यसअघि कास्की जिल्ला अदालतबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।