काठमाडौं । सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ६१ अङ्कले घटेर २६३३ दशमलव ३२ को विन्दुमा पुगेको छ ।
सोमबार ३१२ कम्पनीका ८७ हजार ५६४ पटकको कारोबारमा १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैयाँ रहेको छ ।
१०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । न्यादी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा आज सिन्धु विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

