काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-१२ मा भीषण आगलागी भएको छ । इनामे सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले ८ घर-पाली जलेर नष्ट भएको भोजपुर प्रहरीले जनाएको छ ।
आगलागीबाट स्थानीय कालीदास चपागाईंको पाली, सोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईंको पाली, रुद्रप्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, रामबाहदुर कार्कीको घर र पाली र शंकर धमलाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।