काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो । ७ बजेर ४४ मिनेटमा ४.४ म्यग्निच्युडको भूकम्प गएको हो।
६ बजेर २७ मिनेटमा पनि चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको र त्यस्को धक्का नेपालसम्म आइपुगेको थियो।