काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेर एभिन्युज टिभीका पत्रकार मृत फेला परेका छन्। प्रहरीका अनुसार सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो।
यसअघि लिंगसमेत पहिचान नभएर सनाखत भएको थिएन्। तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए।