काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक बोहराको निधन भएको छ । राप्रपा वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।
पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएका उनी स्पीच थेरापी गर्दै आएका थिए ।उनको केही बेरअघि निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
२०७९ को आम निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए।